+
+

भोलिदेखि धरहराको पार्किङ खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १८:२७

१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङ सेवा छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि नि:शुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।

‘सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौं’, उनले भने । शहीद गेटबाट न्यूरोड जाँदा बाँयापट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा यस ठाउँमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?