+
+

ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यू डायमण्डको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १८:३८

१३ माघ, काठमाडौं । १६ औं संस्करणको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यू डायमण्डले लगातार दोस्रो जित हात पारेका छन् ।

शनिबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबले एन्जल्स हार्टलाई ३-० ले सोझो सेटमा हरायो ।

पुलिसले‌  २५-६, २५-१४ र २५-६ को सहज जित हात पारेको थियो । पुलिसले पहिलो खेलमा शुक्रबार भलिबल ट्रेनिङ सेन्टरलाई २५–१०, २५–१२ र २५–४ ले हराएको थियो ।

शनिबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । न्यू डायमण्डले २५-८, २५-३ र २५- ५ को सहज जित हात पार्‍यो । पहिलो खेलमा भने त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हराएको थियो । निकै रोमान्चक खेलमा न्यू डायमण्डले १८–२५, २५–२३,२८–२६, १५–१८ र १५–११ ले आर्मीलाई हराएको थियो ।

नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो । एपीएफले २५-२१, २२-२५,२५-२२ र २५-२२ को जित हात पारेको थियो । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई २५–४, २५–५ र २५– २ ले हराएको थियो ।

लिगमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका यू डायमण्ड टिम, जावलाखेल भलिबल ट्रेनिङ क्लब, बागमती प्रदेश, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट छन् । शीर्ष ६ टोली अर्को राउण्डमा जानेछन् । दोस्रो राउन्डको शीर्ष टोलीले उपाधि पनि जित्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार पाउनेछन् । चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?