+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पश्चिम तराईंमा शीतलहरले जनजीवन प्रभावित

रासस रासस
२०८० माघ १४ गते ७:०९

१४ माघ, सुदूरपश्चिम । निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

यतिबेला तराईका कैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईतिरबाट सर्वसाधारण पुग्न थालेका छन् ।

घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानीयले बताएका छन् । ‘घाम लाग्दैन, धोएको लुगासमेत सुकाउन समस्या भयो’, धनगढीका माया जोशीले भनिन् ।

डडेलधुराका प्राध्यापक मेखराज जोशी तराईको मौसम जस्तोसुकै भए पनि पहाडबाट तराईमा बसाइँसराइ गर्नेहरू बढ्दै गएको बताउँछन् । उनले भने, ‘वर्षा र गर्मी मौसममा असह्य गर्मी तथा डुबानको समस्या, हिउँदमा शीतलहरको जाडो भए पनि के गर्नु, तराई नै रोज्ने बढी मान्छे छन् ।’

धनगढीबाट कैलालीको चुरे पहाडी क्षेत्र पुगेका पत्रकार श्रवण देउवाले दिउँसोको समयमा घाम लाग्ने चुरे पहाडका डाँडामा धेरै मान्छेले घाम तापिरहेको दृश्य देखिएको बताए ।

हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेँडा लगाएको तरकारी बालीमा प्रतिकूल असर पुर्‍याउने गरेको छ ।

पश्चिम तराईका बाँके र बर्दियामा पनि शीतलहर चलेको छ । मध्यदिउँसो मात्रै घाम झुल्किन थालेपछि स्थानीय किसान-मजदुर प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन तराईंमा हुस्सु र कुहिरो कायमै हुनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?