+
+
Shares

शीतलहरबाट सतर्कता अपनाउन प्रशासनको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:४०
फाइल तस्वीर

८ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।

जिल्लाका सबै क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको हुँदा यसबाट विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, सीमान्तकृत वर्ग, गरिब एवं पिछडिएका समुदायलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भन्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन भनेको हो ।

सम्बन्धित स्थानीय तहहरू मार्फत दाउरा वितरणका  लागि डिभिजन वन कार्यालयबाट पहल भइरहेको प्रशासनको भनाइ छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?