+
+

नीतिश कुमार नवाैं पटक बिहारको मुख्यमन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १७:२९

१४ माघ, काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी  भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।

आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन: मुख्यमन्त्री नियुक्त भएका हुन्  । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवाैं पटक हो ।

नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बीजेपीसँग मिलेको हो ।

फेरि बीजेपी गठबन्धनमा नै गएका नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक विताइसकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?