+
+

बिगबोस सिजन १७ को फिनाले आज

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १७:५१

काठमाडौं । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ ले आइतबार विजेता प्राप्त गर्दैछ । शो होस्ट सलमान खानले विजेता घोषणा गर्नेछन् ।

अंकिता लोखण्डे, अभिषेक कुमार, मुनव्वर फारुकी, अरुण र मन्नारा चोपडामध्ये एक जना विजेता बन्नेछन् । भारतीय मिडियाका अनुसार अंकिता र मुनव्वर भोटिङका आधारमा टप २ मा पर्ने सम्भावना छ ।

फिनाले शो नेपाली समयानुसार बेलुका सवा ६ देखि मध्यरात सवा १२ सम्म चल्नेछ । यो विशेष अवसरमा फिल्म ‘शैतान’का कलाकार पनि देखिनेछन् । सलमानसहित अजय देवगण र आर माधवनले प्रतियोगीलाई रोमाञ्चक टास्क दिइएको टिजर आइसकेको छ ।

शो सुरु भएको १०० दिनभन्दा बढी समयपछि फिनाले हुन लागेको हो । १७ औं सिजन गत वर्ष १६ अक्टोबरबाट सुरु भएको थियो । पछिल्ला केही सिजनजस्तै यो सिजनमा पनि फाइनलमा पुग्नेले १० लाख रुपैयाँको अफर पाउनेछन् ।

फिनाले पार्टीमा माधुरी दीक्षित र सुनिल शेट्टीले पनि प्रस्तुति दिनेछन् । दुवैजना सलमान खानको गीत ‘तन तना टन’ मा नाच्दै गर्दा देखिनेछन् । अंकिता लोखण्डे र विक्की जैनले नृत्य प्रस्तुत गर्दैछन् । यो जोडीले फिल्म ‘कभी खुसी कभी गम’को गीतमा प्रस्तुति दिनेछ ।

फाइनलिस्टमध्ये एक अभिषेकले पनि दमदार प्रस्तुति दिनेछन् । यीबाहेक ऐश्वर्या शर्मा, नील भट्ट, ईशा मालवीय, सना खान, रिंकु धवन, सन्नी आर्य, खानजादी र सोनिया बन्सलले पनि दर्शकका लागि प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?