+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:५१

१५ माघ, काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई-मधेशमा नेपाल-भारत सीमामा सशस्त्र प्रहरी बलले मधेशी समुदायका नागरिकलाई दु:ख दिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दु:ख दिएको गुनासो आएको जानकारी गराएका हुन् ।

सशस्त्र प्रहरी बलमा मधेशी समुदायको पहुँच बढाउन आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष डा. दत्तले बताएका छन् |

भेटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसंग सहकार्य गरी सीमा जोडिएका गाउँहरुमा युवा सशक्तिकरण तथा सचेतनामूलक कक्षा सञ्चालन गरिने बताएका डा. दत्तका स्वकीय सचिव दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?