+
+

वान प्लसले भित्र्यायो तीनवटा नयाँ मोडल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ९:००

१७ माघ, काठमाडौं । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा नयाँ मोडल नेपाल भित्र्याएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलो पटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको कम्पनीको दाबी छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ । यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्यामको सुविधा राखिएको छ । ५४०० एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायम गरिएको नेपाल वितरकले जनाएको छ ।

यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १.५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ । ५५०० एमएएचको ब्याट्री क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्याप ड्रागन प्रोसेसर जडान गरिएको छ ।

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार ९९९ बजार मूल्य रहेको यो फोनमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्री जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?