+
+

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १७:०७

१५ फागुन, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तरक्रियामा बोल्दै थापाले धेरै तलब दिने रोजगारीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफै सिर्जना गर्ने थापाको भनाइ थियो । उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा के एण्ड के इन्जिनियरिङ्का अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्तै सम्भावना रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए ।

उनले भने, ‘इन्जिनियरिङ अध्ययनका लागि प्लस टू सक्नासाथ देश छाडेर जान आवश्यक छैन । यहीँको कलेज राम्रो छ । विदेशको काम नेपालबाटै गर्न सकिन्छ । अवसर नेपालमै आउँदैछ ।’ तर, उनले इलेक्टिकल इन्जिनियरको माग बढेपनि पढ्नेको संख्या घटिरहेकोतर्फ भने चिन्ता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?