+
+

जाजरकोट भूकम्पमा विवादित सोउ सिच्याङ ओभर स्टे भएपछि डिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते ८:५१

१८ माघ, काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा हातपात भएकी चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट भएकी छन् ।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी डिपोर्ट गरिएकी हुन् ।

अध्यागमन विभागले सोउ भिसा अवधिभन्दा बढी नेपालमा बसेको पाइएको भन्दै गत २८ मंसिरमा गृहमन्त्रालयलाई पत्र पठाएको थियो । विभागले कानुनअनुसार उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नका लागि गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।

विभागको पत्रअनुसार गृह मन्त्रालयले निष्काशन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले २ पुसमा चिनियाँ नागरिक सोउ भिसा नियमित नगरी ओभरस्टे भएको पाइएको भन्दै निष्कासन गर्ने निर्णय गरि पठाएको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘यसरी ओभरस्टे गर्ने विदेशी नागरिकलाई अध्यागमन कार्यविधिअनुसार जारी भिसा वर्षभित्र नेपाल प्रवेश गर्न नपाउने गरी डिपोर्ट गर्ने गरिएको’ बताए ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेका बेला सोउमाथि २० मंसिरमा हातपात भएको थियो ।

सोही विषयलाई लिएर माओवादी केन्द्रले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई स्पष्टीकरण समेत सोधेको थियो । माओवादी केन्द्रको २८ पुसमा बसेको स्थायी समिति बैठकले सोधेको लिखित स्पष्टीकरणको केसीले ५ माघमा जवाफ लेखेको थिए ।

जवाफमा केसीले पार्टी महासचिव देव गुरुङमाथि शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?