+
+

सप्तरीबाट हतियारसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १३:५५

१९ माघ, जनकपुरधाम। सप्तरीबाट हतियार र वन्यजन्तुको मासुसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजबिराज नगरपालिका ५ का ४६ वर्षीय शैलेस कुमार झा छन् ।

उनलाई प्रहरीले हतियार र वन्यजन्तुको अखेटोपहार (ताजा मासू) सहित हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित बैष्णोदेवी मन्दिर नजिक २२५ नं.कोशी ब्यारेजको बाँधबाट नियन्त्रणमा लिएको हो ।

उनको साथबाट मेगनम (राईफल) १ थान र त्यसमा प्रयोग हुने गोली ४१ थन, म्याग्जिन २ थान, गन स्टेन –१ थान, क्यामेरा १ थान, पावर बैंक १, मोवाईल १, लाईट –१ र दुई वटा बोरामा काटिएको अबस्थाको बन्यजन्तु मृगको जस्तो देखिने मासु ३५ किलो बरामद गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

झालाई थप अनुसन्धानको लागि जिल्ला डिभिजन बन कार्यालय राजविराज सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?