+
+

साताको सेयर समीक्षा : अन्य समूह ३.८ प्रतिशत बढ्दा होटलमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १७:३४

१९ माघ, काठमाडौं । यो साता पनि सेयर बजार अन्ततः घटेरै बन्द भएको छ । गत साता २०८४ अंकमा रहेर बन्द भएको नेप्से यो साता १७ अंक घटेर २०६७ अंकमा बन्द भयो ।

गत साता ३.२ प्रतिशत झरेको बजार यो साता ०.८१ प्रतिशतले घटेको हो । ५ दिन खुलेको बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । तर बढेको अंकभन्दा घटेको अंक उच्च हुँदा अन्ततः साताको वृद्धिदर ऋणात्मक हुन गयो ।

पहिलो दिन आइतबार १०.३७ अंक बढेको बजार सोमबार १०.२६ र मंगलबार १४.८८ अंक बढेसँगै २११९ अंकमा पुगेको थियो । बुधबार फेरि २१.६७ अंक र बिहीबार ३०.९२ अंक घटेसँगै नेप्से २०६७ अंकमा बन्द रह्यो ।

बजार घट्दा पनि कारोबार रकममा ठूलो अन्तर छैन । बजार बढेका दिनहरु आइतबार ३ अर्ब ८३ करोड, सोमबार ४ अर्ब ५६ करोड र मंगलबार ५ अर्ब ५४ करोडको कारोबार भएको थियो । बजार घटेका दिन बुधबार ५ अर्ब २९ करोड र बिहीबार ४ अर्ब १८ करोडको कारोबार भयो ।

समूहगत उतारचढाव :
यो साता हाइड्रोपावर र ब्यापार समूह झिनो अंकमा बढे भने अन्य समूह ३.८४ प्रतिशत बढ्यो । तीबाहेक सबै समूह घटे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९६ प्रतिशत घट्यो ।

अन्य समूह बढ्नुका कारण :
अन्य समूह सबैभन्दा धेरै बढ्नुको कारण यसमा रहेका दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमा कम्पनीको मूल्य बढ्नु हो । गत साता ६४६ रुपैयाँ ८० रुपैयाँ रहेको हिमालयन रिको मूल्य यो साता ६९५ रुपैयाँ १० पैसा पुग्यो भने सोही अवधिमा नेपाल पुनर्बीमाको ७२५ रुपैयाँ १० पैसाबाट बढेर ७९२ रुपैयाँ पुग्यो ।

पुनर्बीमा कम्पनीको पूँजी वृद्धि गर्ने चर्चाका बीच दुई कम्पनीको मूल्य अन्ततः यो साता नै बढ्न गयो । यीबाहेक अन्य समूहकै नेपाल टेलिकमको मूल्य पनि २ रुपैयाँ बढ्यो ।

हिमालयन रि, नेपाल पुनर्बीमा र नेपाल टेलिकम पूँजीकरणका आधारमा समूहमा मात्रै नभई बजारकै शक्तिशाली कम्पनी हुन् । तसर्थ यी कम्पनीको मूल्यमा आएको परिवर्तनले समूहलाई नै डोर्‍याउँछ भने समग्र बजारलाई पनि ठूलो प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?