+
+

सेयर बजारका सबै सूचक झरे, नेप्से १.३१ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १५:१९

६ फागुन, काठमाडौं । आइतबार सेयर बजारका सबै सूचकहरु ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१ प्रतिशत) घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट  सर्वसाधारण समूहतर्फको सेयर सूचक हो ।

कुल ३ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । २२५ कम्पनीको मूल्य घट्दा जम्मा २१ को बढ्यो । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । क्षेत्रगत रुपमा फाइनान्स सूचक सबैभन्दा धेरै २.७ प्रतिशत तथा हाइड्रोपावर सूचक २.१५ प्रतिशत घटे ।

बैंकिङ ७, विकास बैंक ६९, फाइनान्स ४९, होटल तथा पर्यटन ६१, हाइड्रोपावर ५८, जीवन बीमा १३९, उत्पादन ३९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा २०६, अन्य २३ र ब्यापार समूह ४१ अंक घटे ।

समग्र बजार घट्दा पनि बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै किसान लघुवित्तको ८.२, युनियन हाइड्रोपावरको ६.६, आशा लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घट्यो ।

दोर्दीखोलाको ६.१, पाँचथर पावरको ५.९, बाराही हाइड्रोपावरको ५.८, न्यादी हाइड्रोपावरको ५.६, सिर्जनशील लघुवित्तको ५.४, राप्ती हाइड्रोको ५.४ तथा अपर लोहोरेखोलाको ५.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत् र युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?