+
+

थामिएन सेयर बजारको गिरावट, नेप्से २०१२ मा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १५:१३

चैत १९, काठमाडौं । सेयर बजारको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.२६ अंक घटेर २०१२ मा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब २० करोडको कारोबार भएकोमा आज २ अर्ब ८७ करोडमा खुम्चियो । ८६ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ८ को स्थिर रह्यो ।

क्षेत्रगत सूचक हेर्दा होटल तथा पर्यटन समूहको सूचक १.१६ तथा ब्यापार ०.२० प्रतिशत बढे । अरु सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरमै घटे । बैंकिङ ४.३, विकास बैंक २.८, फाइनान्स १२.७, हाइड्रोपावर १३.६, जीवन बीमा १५.९, उत्पादन २१.९, माइक्रोफाइनान्स ५.३, निर्जीवन बीमा ४२.२ र अन्य समूह ६ अंक घटे ।

गुराँस लघुवित्त र माइखोला हाइड्रोपावरको १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ९.४४, तारागाउँ रिजेन्सीको ७.२५, दोल्ती पावरको ५.४१, सिक्लेस हाइड्रोपावरको ५.२१ प्रतिशत मूल्य बढ्यो ।

रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । हिमालयन हाइड्रोपावर, ६.२७, अपर लोहोरेखोलाको ६.१७ तथा धौलागिरि लघुवित्तको ५.७३ प्रतिशत मूल्य घट्यो । हालै सूचीकृत सर्वोत्तम सिमेन्टको मूल्य पनि ३.४४ प्रतिशत अर्थात ३३.५० रुपैयाँ घटेर ९४१ रुपैयाँमा झरेको छ । कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, पिपुल्स पावर र मायाखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?