+
+

सेयर बजार दोहोरो अंकमा घट्यो, उत्पादन बाहेक सबै समूह झरे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १६:५२

१४ चैत, काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.८३ अंक घटेर २०३० मा झरेको छ । २ अर्ब २३ करोडको कारोबार भयो । ५१ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ६ को स्थिर रह्यो । उत्पादन बाहेकका सबै समूह घटेका छन् । सो समूह भने ०.९१ प्रतिशत बढ्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै १.७२ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक ४८, फाइनान्स ३३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर ९, जीवन बीमा ८१, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ६१, अन्य ९ र ब्यापार समूह ४५ अंक घटे ।

सर्वोत्तम सिमेन्टको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । यस कम्पनीको मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै इस्टर्न हाइड्रोपावरको ७.२, पिपुल्स पावरको ५.२, बलेफी हाइड्रोपावरको ४.२ प्रतिशत मूल्य घट्यो ।

कालिका लघुवित्तको मूल्य ५.६६ प्रतिशत घट्यो । सिर्जनशील लघुवित्तको ३.९, उन्नती सहकार्य लघुवित्तको ३.७, सपोर्ट माइक्रोफाइनान्स र नेपाल रिपब्लिक मिडियाको मूल्य ३.६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?