+
+

सेयर बजार घट्दा कारोबार रकम सवा ४ अर्ब नाघ्यो

सर्वोत्तमसहित ३ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १५:२०

८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजारको परिसूचक नेप्से १५.३७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४८ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३१ करोडको कारोबार भयो ।

कुल ४८ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेकका सबै समूहका सूचक घटे । ब्यापार समूह १८ अंक बढ्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.३ प्रतिशत घट्यो ।

बैंकिङ ७, विकास बैंक १८, फाइनान्स ३, होटल तथा पर्यटन ५३, हाइड्रोपावर २१, जीवन बीमा ८६, उत्पादन ४, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा ८९ र अन्य समूह १४ अंक घटे ।

धौलागिरि लघुवित्त, सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएको सर्वोत्तमको मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ ९० पैसा पुगेको छ । कर्णाली विकास बैंकको ९, उन्नती सहकार्य लघुवित्तको ४.६ प्रतिशत बढ्यो ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ९.४, गोर्खाज फाइनान्सको ७.६, गुराँस लघुवित्तको ५.४ र लक्ष्मी लघुवित्तको ५.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ«े बैंक संस्थापक, गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?