 
																			२१ माघ, काठमाडौं । तेह्रथुम पावर कम्पनीको विद्युत् बिक्री आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म विद्युत् बिक्री आम्दानी ९ करोड १ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ८ करोड २७ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद नाफा ६४ लाख ६२ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ६ लाख ६२ हजार थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ २३ पैसा छ भने प्रतिसेयर नेटवर्थ जम्मा ६५ रुपैयाँ २५ पैसा छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५३५ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4