+
+

मार्क जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड, दैनिक आम्दानी साढे ३० अर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ११:४१

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् १११ खर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौँ सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ ।

बिजनेस इनसाइडरका अनुसार गत वर्ष बढेको ८४ अर्ब डलर सम्पत्तिको यदि घण्टाका आधारमा हिसाब गर्ने हो भने सन् २०२३ मा जुकरबर्गले हरेक घण्टा ९६ लाख डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाएका छन् । जस अनुसार उनको आम्दानी दैनिक २३ करोड ६लाख डलर अर्थात् साडे ३० अर्ब रुपैयाँ छ ।

जबकि अमेरिकी परिवारहरुको औसत कूल सम्पत्ति नै १० लाख ६० हजार डलर रहेको छ ।

सन् २०२१ मा फेसबुकको ब्राण्ड परिवर्तन गरी मेटा बनाएका जुकरबर्गको उक्त कदमलाई मेटाभर्स तर्फको रणनीतिक कदम मानिएको थियो । यो परिवर्तन केवल नाममात्रको परिवर्तन नभई कम्पनीको प्राथमिकतामा भएको परिवर्तन हो जसमा मेटाले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीमा ध्यान केन्द्रित गरेको छ । अर्थात् उक्त रिब्रान्डिङले फेसबुकलाई केवल एउटा सोसल मिडिया प्लाटफर्मको रुपमा मात्र सीमित नराखी यसलाई अन्तरआबद्ध डिजिटल संसारको सिर्जनातर्फ प्रवेश गरेको रुपमा बुझिएको छ ।

विभिन्न चुनौतिहरुका बाबजुत सन् २०२३ मा मेटा कम्पनीको शेयर मूल्यमा पुनः वृद्धि भई झण्डै कीर्तिमानी विन्दुमा पुग्यो । कम्पनीको शेयर मूल्यमा भएको वृद्धिकै कारण जुकरबर्गको कूल सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएको हो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?