
सोसल मिडिया प्लाटर्फम एक्सलाई टक्कर दिनका लागि मेटाले गतवर्ष लञ्च गरेको थ्रेड्स एपले सुरुआती अवस्थामा ठूलो तहल्का मच्चाएको थियो ।
सार्वजनिक भएको पहिलो पाँच दिनमै थ्रेड्स एपले १० करोड डाउनलोड्सको आँकडा पार गर्दै इतिहास रचेको थियो । यद्यपि सुरुवाती लोकप्रियता पश्चात् थ्रेड्सलाई मानिसहरुलाई बिर्सिंदै गए र एउटा कुनामा लगेर छाडे ।
अहिले अवस्था यस्तो बनेको छ कि मानिसहरुको फोनमा थ्रेड्स एप इन्स्टल त होला तर निकै कम मानिसहरुले मात्र यसलाई नियमित रुपमा प्रयोग गरिरहेका छन् ।
यति हुँदाहुँदै पनि थ्रेड्स एप डाउनलोड गर्नेहरुको संख्या भने उल्लेख्य नै रहेको देखिन्छ । जस अनुसार एक महिनामा २ करोड ८० लाख पटक थ्रेड्स एप डाउनलोड भएको छ ।
Appfigures ले सार्वजनिक गरेको सन् २०२३ को डिसेम्बर तथ्यांक अनुसार गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी डिसेम्बर महिनामा विश्वभर कूल डाउनलोड भएको संख्याको आधारमा थ्रेड्स छैटौं लोकप्रिय एप बनेको छ ।
उक्त महिना एप्पलको एपस्टोरबाट थ्रेड्स एप १ करोड २० लाख पटक डाउनलोड भएको छ भने गुगल प्लेस्टोरबाट एक करोड ६० लाख पटक गरी कुल २ करोड ८० लाख जनाले डिसेम्बर महिनामा मात्रै थ्रेड्स एप डाउनलोड गरेका छन् ।
डाउनलोड संख्या र सक्रिय प्रयोगकर्ताको संख्या भनेको दुई नितान्त फरक मापन भएका भएपनि उल्लेखित तथ्यांकले मानिसहरुमा थ्रेड्स एपप्रति अहिले पनि सकारात्मक रुचि रहेको देखाएको छ ।
तथ्यांक अनुसार डिसेम्बर महिनामा आइओएसमा सर्वाधिक डाउनलोड भएका सोसल मिडिया एपहरुको सूचीमा थ्रेड्स चौथो नम्बरमा छ । पहिलो नम्बरमा टिकटक रहँदा दोस्रोमा क्यापकट र तेस्रोमा टेमु रहेको छ ।
त्यस्तै गुगल प्लेस्टोरमा चाहिं डिसेम्बरमा सर्वाधिक डाउनलोड भएकेा सोसल मिडिया एपको सूचीमा शीर्ष स्थानमा इन्टाग्राम रहँदा दोस्रोमा फेसबुक छ । त्यस्तै तेस्रोमा ह्वाट्सएप, चौथोमा टिकटक, पाँचौंमा टेलिग्राम, छैटौंमा स्नापच्याट र सातौंमा ह्वाट्सएप बिजनेस एप रहँदा आठौं स्थानमा थ्रेड्स रहेको छ ।
एप्पल र एन्ड्रोइडका दुवै एप्लिकेसन स्टोरहरुको कुल डाउनलोड संख्याको आधारमाचाहिं थ्रेड्स एप समग्रमा छैटौँ स्थानमा परेको छ । यसमा इन्स्टाग्राम पहिलो स्थानमा छ भने टिकटक दोस्रो, फेसबुक तेस्रो, ह्वाट्सएप चौथो र क्यापकट पाँचौं स्थानमा छन् ।
यस्तो छ डिसेम्बर महिनामा .विश्वभरमा डाउनलोड भएका शीर्ष दश एपहरुको सूची :
आईओएस एप स्टोरमा :
· टिकटक : १ करोड ९० लाख पटक
· क्यापकट : १ करोड ७० लाख पटक
· टेमु : १ करोड ४० लाख पटक
· थ्रेड्स : १ करोड २० लाख पटक
· युट्युब : १ करोड १० लाख पटक
· इन्स्टाग्राम : १ करोड १० लाख पटक
· गुगल म्याप्स : १ करोड १० लाख पटक
· गुगल : १ करोड पटक
· ह्वाट्सएप : १ करोड पटक
· जिमेल : ९० लाख पटक
गुगल प्लेस्टोरबाटः
· इन्स्टाग्राम : ४ करोड ३० लाख पटक
· फेसबुक : ३ करोड २० लाख पटक
· ह्वाट्सएप : २ करोड ८० लाख पटक
· टिकटक : २ करोड ८० लाख पटक
· टेलिग्राम : १ करोड ८० लाख पटक
· स्नापच्याट : १ करोड ७० लाख पटक
· ह्वाट्सएप बिजनेस : १ करोड ६० लाख पटक
· थ्रेड्स : १ करोड ६० लाख पटक
· क्यापकट : १ करोड ५० लाख पटक
· टेमु : १ करोड ३० लाख पटक
दुवै एप स्टोरहरुको कूल डाउनलोड्स :
· इन्स्टाग्राम : ५ करोड ४० लाख
· टिकटक : ४ करोड ७० लाख
· फेसबुक : ३ करोड ९० लाख
· ह्वाट्सएप : ३ करोड ८० लाख
· क्यापकट : ३ करोड ३० लाख
· थ्रेड्स : २ करोड ८० लाख
· टेमु : २ करोड ७० लाख
· टेलिग्राम : २ करोड ५० लाख
· स्नापच्याट : २ करोड २० लाख
· स्पटीफाइ : २ करोड
प्रतिक्रिया 4