+
+

विश्वविद्यालय खेलकुदको पहिलो संस्करण २२ माघदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १७:४२

२१ माघ, काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण माघ २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न १० विश्वविद्यालयका विद्यार्थीले एथ्लेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुनेछन् । जसमा कुल २३ स्वर्ण, २३ रजत र २३ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी वौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले भाग लिनेछन् ।

प्रतियोगितामा कुल २८० खेलाडी, ४० प्रशिक्षक र २० टिम व्यवस्थापक सहभागी हुनेछन् ।

प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत १०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड तथा लङजम्प र सटपुटका गरी १२ स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिसमा मेन्स सिंगल, मेन्स डबल, वुमन्स सिंगल, वुमन्स् डबल र मिक्स डबल गरी ५ वटा स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै ब्याडमिन्टनमा मेन्स सिंगल, मेन्स डबल, वुमन्स सिंगल, वुमन्स डबल र मिक्स डबल गरी ५ स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।

भलिबलमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा २८ वर्षभन्दा कम उमेरका खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । यस प्रतियोगिताका लागि हरेक विश्वविद्यालयले १ महिनाअघि छनोट प्रतियोगिता गराई खेलाडी छनोट गरेको प्रतियोगिता संयोजक शिव कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?