+
+

काठमाडौं महानगरपालिकामा सतर्कता केन्द्रको छड्के

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते २३:५९

२१ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत रहेको राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिकामा छड्के गरेको छ । सो क्रममा ९ जना कर्मचारी तोकिएको पोशाक नलगाई कार्यालय आएको भटिएको छ । २ जना कार्यकक्षमा नभएको पाइएको केन्द्रले जानकारी दिएको छ ।

महानगरपालिकाका वडा नम्बर १० को कार्यालयमा छड्के गर्दा ७ जना कर्मचारी अनुपस्थित भेटिएका छन् । एक जना कार्यकक्षमा नभेटिएको केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।

वडा नम्बर २९को कार्यालयमा ५ जना अनुपस्थित भेटिए भने ३ जना पोशाक विना नै उपस्थित भएको पाइएको सूचना अधिकारीले शर्माले बताए ।

केन्द्रले महानगरपालिकामा सेवाग्राही सन्तुष्टि सर्वेक्षण पनि गरेको छ । सेवाग्राहीलाई सेवामा रहेका सहजता/असहजताबारे सर्भेक्षण गरेको हो ।

हेर्नुस् सर्वेक्षणको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?