+
+

ग्रामी अवार्ड-२०२४  : शीर्ष विधामा टेलर स्वीफ्ट, बिली एलिस र माइली साइरसको वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १२:१९

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान भएको ६६ औं ग्रामी अवार्डमा टेलर स्वीफ्ट, एसजेडए र ब्वायजिनियसको वर्चस्व देखिएको छ । टेलरले मञ्चबाटै आगामी एल्बम ‘द टर्डर्ड पोएट्स डिपार्टमेन्ट’ एल्बम ल्याउने घोषणा गरिन् ।

टेलरले ‘मिडनाइट्स’ एल्बमका लागि उत्कृष्ट पप भोकलको पुरस्कार जितिन् । उक्त अवार्ड ग्रहण गर्दै गर्दा उनले नयाँ एल्बम अप्रिल १९ मा सार्वजनिक गर्न लागेको जानकारी दिइन् ।

बिली एलिसको ‘ह्वाट वव आइ मेड फर’ वर्ष गीत बन्यो । यो गीतले भिजुअल मिडिया विधा समेत जित्यो । भिक्टोरिया मोनेट उत्कृष्ट नयाँ आर्टिस्ट घोषित भइन् । ‘फ्लावर्स’बाट माइली साइरसले ‘रेकर्ड अफ द इयर’ प्राप्त गरिन् । माइलीका लागि यो पहिलो ग्रामी पुरस्कार हो ।

स्वीफ्टले ‘मिडनाइट्स’बाट एल्बम अफ द इयर प्राप्त गरिन् । यसपटक महिला आर्टिस्टले ग्रामी अवार्डमा दबदबा जमाएको देख्न सकिन्छ । र्‍याप विधामा किलर माइकले मनोनित भएका तीनै विधामा जित दर्ता गरे । यस संस्करणमा दुई विधा थप गरिएका थिए । जसमध्ये उत्कृष्ट डान्स पपमा काइली मिनोगको ‘प्याडम प्याडम’ र अफ्रिकन म्युजिक प्रस्तुतिको विधामा टायलाले ‘वाटर’बाट ग्रामी जिते ।

भारतीय गायक शंकर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनलाई ग्रामी अवार्ड प्रदान गरिएको छ । महादेवन र हुसेनको ब्यान्ड ‘शक्ति’को एल्बम ‘यो पल’ले बेस्ट ग्लोबल म्युजिक एल्बमको उपाधि जितेको हो ।

यी हुन् मुख्य विधाका विजेता :

रेकर्ड्स अफ द इयर – फ्लावर्स (माइली साइरस)

एल्बम अफ द इयर – मिड्नाइट्स (टेलर स्वीफ्ट)

सङ अफ द इयर – ह्वाट वाज आइ मेड फर (बिल्ली एलिस)

बेस्ट न्यु आर्टिस्ट – भिक्टोरिया मोनेट

बेस्ट पप सोलो पर्फमेन्स – फ्लावर्स (माइली साइरस)

बेस्ट पप ग्रुप – घोस्ट इन द मसिन (एसजेडए)

बेस्ट पप डान्स रेकर्डिङ – प्याडम प्याडम (काइली मिनोग)

बेस्ट रक एल्बम – दिस इज ह्वाइ (पारामोर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?