+
+

जन्मदिन मनाउँदै श्वेता, रेनशासँग मिलेर थालिन् फुटवेयर व्यवसाय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १५:०४

काठमाडौं । अभिनेत्री श्वेता खड्का सोमबार जन्मदिन मनाउँदैछिन् । ‘कहाँ भेटिएला’ डेब्यु अभिनेत्रीलाई प्रशंसकले जन्मदिनको शुभकामना दिइरहेका छन् । खास दिन भएकाले निकट साथीभाइ र परिवारसँग बर्थडे सेलिब्रेसन हुने नै भयो ।

सोमबार अनलाइनखबरसँग कुरा गर्दै श्वेताले फिल्म निर्माणको योजना रहेको बताइन् । उनले चर्चित कोरियोग्राफर रेनशा बान्तवा राईसँग मिलेर फुट्वेयर ब्राण्डको व्यवसाय थालेको बताइन् ।

‘हाम्रो कलेक्सनलाई उपभोक्ताले रुचाइदिनुभएको छ । अहिले बाहिरको कलेक्सन राखेका छौं । चाँडै मेड इन नेपाल ब्राण्डका उत्पादन राख्ने हाम्रो तयारी छ,’ उनले भनिन् । यसबाहेक श्वेतासँग अन्य व्यवसाय पनि छन् ।

‘कान्छी’ निर्माण र अभिनयपछि श्वेता फिल्ममा नफर्किएको ६ वर्ष भयो । उनले चाँडै कमब्याक हुने बताइन् । ‘फिल्मको योजना छ तर तत्काल हुँदैन,’ उनले भनिन् । कहाँ भेटिएलासँगै खड्काले हाँसिदेऊ एकफेर, श्रीमान श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी छन् ।

श्वेताको जन्म काभ्रेको पनौतीमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?