+
+

सुदूरपश्चिममा घुम्ती सिनेमा अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:२९

काठमाडौं । चलचित्र विकास बोर्डले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा घुम्ती सिनेमा साक्षरता अभियान सम्पन्न गरेको छ ।

बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७ देखि सुरु भएको घुम्ती सिनेमा साक्षरता अभियानअन्तर्गत अछामको साँफेबगर र मंगलसेन, डडेल्धुराको अमरगढी नगरपालिकाका दुई ठाउँ, डोटीको जोरायल गाउँपालिकाको बुडर र कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरमा फिल्म प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अभियानमा स्थानीय कलाकार, जनप्रतिनिधि, विद्यार्थी, व्यवसायी र दर्शकहरुको सहभागिता रहेको बोर्ड सदस्य केसीले बताए ।

अभियानमा नेपाली फिल्मको प्रवर्द्धनमा बोर्डले गरेका गतिविधि, मौलिक फिल्म निर्माण तथा बजारीकरण, सिनेमा हल स्थापना एवं नेपाली मौलिक कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन लगायत विषयमा अन्तरक्रिया गरिएको छ । अभियानले सुदूरपश्चिमका ग्रामीण बस्तीमा नेपाली सिनेमा सम्बन्धी साक्षरता अभिवृद्धि गरेको बोर्डका निर्माण अधिकृत हरिसिंह राइखोलाको भनाइ छ ।

अभियानमा चलचित्र विकास बोर्डले विशेष फिल्मको अवार्ड प्रदान गरेका बुलाकी, एट एनोदर विन्टर, ह्विल्स अन द बस, जुनको र ऐना झ्यालको पुतली प्रदर्शन गरिएको थियो ।

सिनेमा हलको पहुँचबाहिर रहेका बस्ती र समुदायमा फिल्म हेर्ने संस्कृतिको विकास गर्ने,  राष्ट्रिय फिल्मको बजारीकरण र सिनेमा साक्षरता विषयमा आमदर्शकलाई सुसूचित गर्ने, घुम्ती सिनेमा वा सिनेमा क्लब सञ्चालन गरी दर्शकहरुलाई फिल्मसम्बन्धी ज्ञान र रुचि अभिवृद्धि गर्ने, मौलिक नेपाली चलचित्र निर्माण तथा प्रवर्द्धनबारे दर्शकहरुको रुचि, प्रतिक्रियाबारे धारणा बुझ्ने उद्देश्यले केही वर्षदेखि बोर्डले घुम्ती सिनेमा साक्षरता अभियान चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?