+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सम्पत्ति शुद्धीकरणको मुद्दामा मिटरब्याजी श्याम परदेशीले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १७:४६

२३ माघ, काठमाडौं । मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् ।

विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित उनलाई सफाइ दिएको हो ।

उनीमाथि २० साउन २०७९ मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित पत्नी मञ्जु देवी, छोरी इला, ज्वाइँ रामबाबु प्रसादका नाममा मुद्दा चलाएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीमाथिको आरोप स्थापित हुन नसक्ने ठहर गरेको हो ।

परदेशीमाथि सर्लाहीमा मात्रै करिब ३ सय परिवारलाई ऋण दिएको आरोप थियो । फर्जी कागजात बनाउने, ऋण फिर्ता गर्दा समेत तमसुक नच्यात्ने र नक्कली तमसुक च्यातेर सक्कली लुकाउने अनि पछि मुद्दा हाल्ने गरेको कारण धेरै नै स्थानीयबासिन्दा र ऋणीहरु उनीबाट पीडित भएको आरोप छ । उनीमाथि एक करोड ५३ लाख रुपैयाँ विगो माग दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?