+

एसीसी वुमन्स प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा, डली र कविताको पुनरागमन

२०८० माघ  २३ गते १९:०८ २०८० माघ २३ गते १९:०८
एसीसी वुमन्स प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा, डली र कविताको पुनरागमन

२३ माघ, काठमाडौं । दुई प्रमुख खेलाडी डली भट्ट र कविता कुँवरलाई समेट्दै नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ ।

इन्दु बर्माको कप्तानीमा घोषणा टोलीमा डली भट्ट र कविता कुँवरले टोलीमा पुनरागमन गरेका छन् । हिटर डल भट्ट अष्ट्रेलिया गएको हुँदा २०२२ जुनपछि नेपाली टोलीमा फर्किएका हुन् । एपेन्डिक्सको शल्यक्रियाको कारण गत सेप्टेम्बरदेखि टोली बाहिर थिइन् ।

प्रतियोगिता १० फेब्रुअरीदेखि १८ सम्म मलेसियामा चल्नेछ । नेपाल, हङकङ, भुटान र माल्दिभ्स समूह डीमा छन् । समूह ए मा थाइल्यान्ड, म्यानमार, कुवेता र सिंगापुर छन् । समूह बी मा युएई, चीन, ओमान र जापान छन् । समूह सी मा इन्डोनएसिया, मलेसिया, बहराइन र कतार छन् ।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले एसिसा कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग खेल्न पाउनेछन् ।

नेपालको टोली :

इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पुजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झ्ना खड्का, रोमा थापा, डली भट्ट र अश्मिना कर्माचार्य ।

मुख्य प्रशिक्षक : मनोज कटवाल
सहायक प्रशिक्षक : जानकी भट्ट
फिजियो : कमला श्रेष्ठ
म्यानेजर : अम्बिका बुढाथोकी

एसीसी वुमन्स प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय