+
+

थ्रीस्टारको पोष्टमा एपीएफको चार गोल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते २१:०३

२३ माघ, हेटौंडा । हेटौंडामा जारी छैठौं शहीद स्मृति मकवानपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफ क्लब सेमिफाइल प्रवेश गरेको छ ।

गोल्डकपको पहिलो संस्करणको विजेता थ्रीस्टारलाई ४-० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । हेटौंडा उपमहानगरपालिका–६, स्थित गौरीटार रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा एपीएफले पहिलो हाफको अतिरिक्त समयमा एनिसेटको गोलबाट अग्रता लिएको थियो ।

एनिसेटको फ्रिकिक प्रहार सेकेण्ड बारमा ठोक्किँदै गोल भयो । खेलको ४८ औं मिनेटमा एपीएफका अनिष महर्जनले अर्को गोल थपे । डिबक्सभित्र विपक्षी डिफेन्डरले मार्क गर्न चुकेको बललाई अनिषले हेडमार्फत जाली चुमाए ।

५९ औं मिनेटमा कुलदीप कार्कीको सशक्त प्रहारलाई डिबक्स भित्रै मौका कुरिरहेका प्रदीप लामाले वान टचमा गोल गरे । एपीएफको फराकिलो जितका लागि सर्ज सिङले ७७ औं मिनेटमा चौथो गोल गरे । खेलको म्यान अफ दी म्याच प्रदीप लामा भएका छन् । उनले १० हजार पुरस्कार पाए ।

गोल्डकपमा बुधबार पहिलो सेमिफाइनल खेलमा राजारानी एफसी, धनकुटा र न्युरोड टिम (एनआरटी) बीच हुनेछ । राजारानी धनकुटाले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?