+
+

अर्धशतक बनाउँदै कुशल आउट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते ११:०७

२५ माघ, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् ।

स्पिनर तथा कप्तान साद विन जफरको १९ औं ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका हुन् ।
उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । उनको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउादै १०६ रन बनाएको छ । भीम सार्की १७ र कुशल मल्ल ४ रनमा खेलेका छन् ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट भएका थिए । कप्तान रोहित पौडेल सोहिको सर्ट बलमा रोक्न खोजे पनि टप एज लागेर प्वाइन्टमा ठकेरबाट ८ क्याच आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?