 
																			२५ माघ, काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कुनै समस्या भएमा धितोपत्र दलाल व्यवसायीहरुको गुनासो व्यवस्थापन शाखामै गुनासा राखी समयमै समस्या समाधान गर्न आग्रह गरेको छ ।
ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएको भन्दै लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डको गुनासो शाखामा उजुरी गर्ने, सामाजिक सञ्जालहरुमै प्रचारप्रसार गर्ने गरेपछि एसोसिएसनले एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो । साथै सेयर बिक्रेतालाई समयमै रकम भुक्तानी गर्ने गरिएको एसोसिएसनले दाबी गरेको छ ।
‘न्यूनतम पूर्वाधारको अनुपस्थितिमा समेत धितोपत्र दलाल व्यवसायीहरुको उच्च व्यावसायिक मर्यादा र कार्यकौशलताका कारण नै सम्पन्न भएका कारोबारको समयमै राफसाफ गर्ने र सेयर बिक्रेता लगानीकर्ताको सेयर बिक्रीवापतको रकम समयमै भुक्तानी गर्दै आएका छौं’ एसोसिएसनको विज्ञप्तिमा भनिएको छ ।
सेयर बिक्रीवापतको रकम बिक्रेताले नपाएको एउटा पनि उदाहरण नरहेको एसोसिएसनले दाबी गरेको छ । स्वस्थ तथा पारदर्शी धितोपत्र बजार विकास गर्न र लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीको हित संरक्षण गर्न संघले आवश्यक पहल गर्दै आइरहेको बताएको छ ।
कहिलेकाली पूर्वानुमान नगरिएका प्राविधिक तथा प्रक्रियागत समस्याका कारण लगानीकर्तालाई समयमै सेवा प्रदान गर्न नसकेको अवस्थामा यस संघले सम्बन्धित सबैलाई जानकारी प्रदान गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्दै आएको एसोसिएसनले जनाएको छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4