+
+

हाइड्रोपावर समूहले बढायो सेयर बजार, कारोबार पनि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १५:२०

२५ माघ, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार हाइड्रोपावर समूहले सेयर बजार बढाएको छ । सबैभन्दा धेरै पुँजीकृत समूह बैंकिङ घट्दा दोस्रो ठूलो समूह हाइड्रोपावर १.४४ प्रतिशत बढेपछि समग्र नेप्से परिसूचक ५.७४ अंकले बढेको हो । बिहीबार समूहगत रुपमा हाइड्रोपावरको वृद्धिदर सबैभन्दा धेरै हो ।

आजको वृद्धिसँगै नेप्से २०९६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २ अर्ब ८४ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब १२ करोडको कारोबार भयो ।

बैंकिङ समूह ०.४८, जीवन बीमा १२.४३ र अन्य समूह ११.९४ अंक घटे । विकास बैंक २६, फाइनान्स ३, होटल तथा पर्यटन १८, हाइड्रोपावर ३८, उत्पादन १५, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ४१ र ब्यापार समूह ३१ अंक बढे ।

समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्रिशुली जलविद्युत् कम्पनीको ९.८, मायाखोला हाइड्रोपावरको ७.७, स्वेतगंगा हाइड्रोको ७.४, इङवा हाइड्रोपावरको ७.३, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.३, किसान लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो । गणपती लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशत घट्यो ।

मकर जितुमाया हाइड्रोपावरको ३.५ तथा बीपीडब्लू लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, अपी पावर, ङादी ग्रुप पावर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?