+
+

४ महिनाअघि तामझामले उद्घाटन गरिएको सार्वजनिक शौचालय अहिले बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १७:५९

२५ माघ, पोखरा । पोखरा महानगरले तामझामले उद्घाटन गरेको महेन्द्रपुलको शौचालय ४ महिना नहुँदै बन्द भएको छ । ‘केही मर्मत गर्नुपर्ने काम बाँकी रहेको’ भन्दै तत्काललाई शौचालय बन्द गरिएको महागरले जनाएको छ ।

१ करोड रुपैयाँमा लगानीमा बायो ग्यास निकाल्ने योजनासहित महानगरले महेन्द्रपुल चोकमा उक्त सार्वजनिक शौचालय बनाएको थियो । तर, सञ्चालनमा आएको करिब ४ महिनापछि उक्त शौचालयको सेफ्टिक ट्यांकीमा ग्यास गाइजेस्टर नै जडान गर्न नमिल्ने खुलेको छ ।

सञ्चालनमा ल्याउँदा नै बायोग्यासका लागि आवश्यक पर्ने बायो डाइजेस्टर जडान गरिएको थिएन । सञ्चालनमा आएको करिब ४ महिनापछि उक्त शौचालयको सेफ्टिक ट्यांकीमा बायो डाइजेस्टर जडान गर्न नमिल्ने खुलेको हो ।

पुरानो ट्यांकीमा बायो डाइजेस्टर जडान गर्न नमिलेपछि अहिले परिवर्तन गर्न लागिएको महानगरले जनाएको छ । ‘बायो ग्यासका लागि बायो डाइजेस्टर हाल्न बाँकी थियो । अहिलेको सेफ्टिक ट्यांकीले नहुने भो । चेन्ज गर्नुपर्ने भयो’, महानगर प्रवक्ता मोति मिमिल्सिनाले भने, ‘बायोडाइजेस्टरबाहेक, फल्चा बनाउनेलगायत काम पनि बाँकी भएकाले बन्द गरिएको हो ।’

उक्त शौचालय गैरआवसीय नेपाली संघ (एनआरएनए) र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा १ करोड रुपैयाँमा बनेको हो । जसमा पोखरा महानगरको ४० र एनआरएनको ६० प्रतिशत लगानी छ ।

बिनातयारी उ्दघाटन र सञ्चालन गरेको भन्दै उक्त शौचालय सुरुदेखि नै ओलोचित हुँदै आएको थियो । शौचालयको मेयर आचार्य एनआरएनए अध्यक्ष रविना थापाले संयुक्त उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मेयर आचार्यले शौचालय दैनिक १८ घन्टासम्म खुला हुने दाबी गरेका थिए ।

तामझामसहित उद्घाटन भएको लामो समयसम्म शौचालयको चाबी नखोलेपछि महानगर पुनः आलोचित हुन पुगेको थियो । उद्घाटन भएको लामो समयसम्म सार्वजनिक शौचालय खुला नगरिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना महानगरले सञ्चालनमा ल्याएको थियो ।

महानगरले महेन्द्रपुलको आर्टग्यालरी भत्काएर ५ रोपनी क्षेत्रफलमा सार्वजनिक शौचालय बनाएको हो । त्यसको अघिल्तिर रहेको पुस्तकालय भत्काएर लायन्स क्लबको लगानीमा झन्डा पार्क बनिरहेको छ । संयुक्त राष्ट्रसंघमा आवद्ध १ सय ९५ देशसहित पोखरा महानगर, लायन्स क्लब र एनआरएनए गरी १ सय ९८ वटा झन्डा फहराउने महानगरको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?