+
+

गल्तीबाट सिकेर ठूलो इनिङ्स खेल्ने कोशिस गर्नेछु : आरिफ शेख

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २०:१४

माघ २५, काठमाडौं । नेपाल क्रिकेट टिमका मध्यक्रमका ब्याटर आरिफ शेख क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा छैटौं नम्बरमा ब्याटिङमा आएका थिए ।

आरिफले छैटौं नम्बरमा आएर कुशल मल्लसँग ३३ र पवन सरार्फसँग ३२ रनको साझेदारी गरे । उनको यो साझोदारीको मद्दतमा नै नेपालले ५० ओभरमा २२४ रन बनाउन सकेको थियो ।

ओपनर कुशल भुर्तेलले ६२ रन बनाएका थिए । नेपालका लागि दोस्रो धेरै अर्थात ३८ रन बनाएका आरिफले आफूले इनिङ्स सम्हालेर अन्तिमसम्म लैजाने योजना अनुसार खेल्दा सोचे अनुसार रन बनाउन नसकेको बताए ।

‘हामी ४० देखि ४५ रन कममा थियौं । मैले लामो इनिङ्स खेल्नुपर्ने तर सकिनँ,’ उनले भने, ‘अब आजको गल्तीलाई सुधार गरेर अर्को खेलमा यो गल्ती दोहोर्‍याउँदिन ।’

आफूले लामो इनिङ्स खेल्न नसकेमा उनी दुखी देखिए । ‘मलाई लामो इनिङ्स खेल्नु पर्ने थियो, तर आउट भइ हालें,’ उनले भने, ‘एकदमै दुख लागेको थियो, सेट भएर फिनिस गर्न सकिनँ ।’

नेपालले पर्सि शनिबार दोस्रो एक दिवसीय खेल्ने छ । त्यो खेलका लागि आजको गल्ती सुधार्न भोलि अभ्यास गर्ने उनले बताए ।

टिमले २२५ रनको सामान्य लक्ष्य दिएको भए पनि बलिङबाट यो खल जित्ने विश्वास रहेको उनले बताए । खेल ७ रनले जितेपछि उनले पत्रकारसित भने, ‘बलिङबाट हामीले यो लक्ष्य डिफेन्ड गर्न सक्छौं भन्ने विश्वास थियो ।’

आजको खेलमा पवन सर्राफको ब्रेक थ्रुले खेलमा फर्काएको र कप्ता रोहित पौडेलको सही समयमा सहि बलिङ स्पेलले टाइट खेल नेपालको पक्षमा परेको उनी बताउँछन् । ‘पवनको ब्रेक थ्रु र रोहितको बलिङले आज खेल हाम्रो पक्षमा आयो,’ उनले भने ।

पवन सर्राफले ६८ रन बनाएका निकोलस किर्टोटलाई ४०‍.४ ओभरमा बोल्ड गरेका थिए । छैटौं विकेटका रुपमा उनी आउट हुँदा क्यानडालाई जितका लागि ३० रनको खाँचो थियो । त्यसपछि रोहितले २ र ललित राजवंशले २ विकेट लिएका थिए । समग्रमा रोहितले ४ विकेट लिए

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टुको खेलअघिको यो जितले टिममा उर्जा थपिएको उनले बताए । ‘हामीले यस्तो टाइट खेल पनि जित्न सक्छौं भन्ने सकरात्मकता टिममा थपिएको छ । जसले गर्दा टिममा थप उर्जा बढ्नेछ,’ उनले भने ।
क्यानडासँगको सिरिज लगत्तै फेब्रुअरी १५ देखि नेपालले त्रिवि क्रिकेट मैदानमा नै नामिबिया र नेदरल्याण्ड्ससँग लिग टुको पहिलो सिरिज खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?