+
+

केकीलाई प्रियंकाको सल्लाह : ‘प्रेसरले कहिल्यै पनि बच्चा जन्माउनु हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १४:०२

काठमाडौं । बिहीबार बेलुका ‘दयारानी’ फिल्मको प्रिमियरमा सेलिब्रेटीको उपस्थिति खचाखच रह्यो । अभिनेत्री प्रियंका कार्की सारीमा सजिएर आमासँगै प्रिमियरमा पुगेकी थिइन् ।

अभिनेत्री केकी अधिकारी कालो टिसर्ट र प्यान्टमा आकर्षक देखिएकी थिइन् । प्रियंका र केकी एकसाथ देखिए । यी दुई अभिनेत्री एकसाथ हुँदा मिडियाले पछ्याउनु स्वभाविक हो ।

यी दुई अभिनेत्री केही प्रश्नले घेरिए । केकीलाई सञ्चारकर्मीले ‘बेबी प्लान’बारे सोधे । ममी हुनुको अनुभव बोकेकी प्रियंकाले भने केकीको ‘बेबी प्लान’को योजनालाई समर्थन गरिन् ।

केकीलाई बच्चाको योजनाबारे सोध्दा प्रियंकाले दबाबमा कहिल्यै पनि बच्चा नपाउन सल्लाह दिइन् । उनले भनिन्, ‘प्रेसरले कहिल्यै पनि बच्चा पाउनु हुँदैन । तपाईं यसका लागि रेडी हुनुपर्छ ।’

केकीलाई तपाईंको सल्लाह के हुन्छ भनेर सोधिएको अर्को प्रश्नमा प्रियंकाले भनिन्, ‘त्यो सल्लाह भनेकै प्रेसर हो । ऊ रेडी भएपछि त बच्चा पाइहाल्छ नि । कहाँ यहाँ आएर इन्टरभ्यु दिएर बस्छ ।’

आफ्नो विवाह गर्न पनि कसैको प्रेसर नरहेको प्रियंकाले बताइन् । केकीले ‘बेबी प्लान’को प्रश्नलाई फिल्मतिर मोडेर जवाफ दिइन् । उनले भनिन्, ‘प्रेसर त छ तर फिल्म रिलिजको प्रेसर छ । वैशाख १४ गते सन्तान (फिल्म बोक्सीको घर) आउँदैछ । सन्तान नहुञ्जेल त यही नै सन्तान हो । त्यसकारण त्यसको लागि प्रेसर लिइराको छु । तयार छु ।’

केकीले समाज र परिवार वरपरका सबै मानिसको आफ्नो धारणा हुने तर अन्तिम निर्णय आफूले गर्नुपर्ने बताइन् । ‘ग्रोथको लागि के निर्णय गर्ने क्षमता तपाईंले राख्नुपर्‍यो । नत्र धारणा त सबैसँग हुन्छ,’ केकीले भनिन् ।

एक्सन अभिनेत्री भनेको के हो मलाई थाहा छैन’

सोही प्रश्नोत्तरमा प्रियंकालाई उनको आगामी एक्सन फिल्मको तयारीबारे सोधिएको थियो । उनले भनिन्, ‘एक्सन अभिनेत्री भनेको के हो त्यो थाहा छैन । म कलाकार हुँ । एक्सन फिल्म गर्ने हो ।’

उनले पहिल्यैदेखि एक्सन फिल्म बनाउने गृहकार्य भइरहेको सुनाउँदै भनिन्, ‘हामीले धेरैअघिदेखि होमवर्क गर्दै आएका थियौं । म निर्मात्री बनूँ या नबनूँ, प्रत्येक शुक्रबार यो जोखिम हुनेवाला छ । इमान्दारिताको साथ आफ्नो बेस्ट दिएर काम गर्ने हो ।’

उनले फिल्म नराम्रो बनाउने नियत कसैको पनि नहुने बताइन् । ‘फिल्म नराम्रो बनाउँछु भन्ने नियत कसैको हुँदैन । कहिलेकाहीं फिल्म सफल हुन्छ तर राम्रो हुनसक्दैन । कहिलेकाहीं फिल्म राम्रो हुन्छ सफल हुँदैन । राम्रो र सफल फिल्ममा धेरै फरक छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?