+
+

नवलपुरमा छैटौं राइनाे संरक्षण गाेल्डकप सुरु, बिजेताले ८ लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १९:५८

२७ माघ, पोखरा। खेलकुदमार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्देश्यका साथ शनिबारबाट नवलपुरको कोल्हुवामा छैठाैं राइनो संरक्षण गोल्डकप सुरु भएको छ ।

राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रदर्स भुमही विजयी भएको छ । वीरगञ्ज युनाइटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर ब्रदर्सले प्रतियोगितामा जित निकालेको हो ।

खेलमा फोर ब्रदर्सका लागि विनोद केवट र फागुराम चौधरीले समान १–१ गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगञ्ज यूनाइटेडका विकास चौधरीले एक गोल फर्काएका थिए । तर उनले हारलाई टार्न सकेनन् ।

प्रतियोगिताअन्तर्गत आइतबार हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रदर्स, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लब सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले गरेकी थिइन् । प्रतियाेगिता उद्घाटन गर्दै उनले गण्डकी प्रदेशको खेल विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेकाे बताइन् ।

उनले यस प्रकारका प्रतियोगिताहरुलो समाजमा वन्य क्षेत्रको संरक्षणमा जनचेतना जगाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?