२८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।
माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् ।
प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4