+
+

सिक्का सुवाल श्रेष्ठले जितिन् पिपल्स च्वाइस अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १८:३१

२८ माघ, काठमाडौं । टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीमध्येबाट सबैभन्दा धेरै मत पाएर सिक्काले यो अवार्ड पाएकी हुन् ।

यो अवार्डको मनोनयनमा फुटबलर अनन्त तामाङसँगै भलिबलका निरुता ठगुन्ना, करातेका विप्लवलाल श्रेष्ठ र बडिबिल्डिङकी रजनी श्रेष्ठ परेका छन् ।

पिपल्स च्वाइस विधाका सिक्का मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ–सेवाको भोटिङबाट चुनिएकी हुन् ।

जसमा इ–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने छ) थियो ।

यस्तै नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार–१२ दशमलव ५ प्रतिशत र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?