+
+

रोहित र आसिफलाई पछि पार्दै दीपक अधिकारीले जिते उत्कृष्ट खेलाडीको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १९:१९

२८ माघ, काठमाडौं । क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

२०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनी पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् । शीर्ष ३ को मनोनयनमा क्रिकेटका रोहित र आसिफ पनि थिए ।

अधिकारीले गत वर्ष भएको एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदक जितेका थिए ।

उनले १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा र क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण जितेका थिए ।

यस्तै पोहोर पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका थिए ।

यस्तै दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा पनि उनले स्वर्ण पदक हात पारेका थिए । कान्तिपुर हाफ म्याराथनमा भने उनले रजत पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?