+
+

राजपुरा पछाईलाई वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १९:०३

२८ माघ, काठमाडौं । एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन् ।

२०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उनले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेको हुन् । उनले मनोनयनको शीर्ष ३ मा परेका अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पारिन् ।

उनले गत वर्ष भएको  १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक जितेकी थिइन् भने त्यही प्रतियोगिताको महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) हात परेकी थिइन् ।

यस्तै नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत जितेकी उनले वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण पदक हात पारिन् ।

यसबाहेक गतवर्ष नै भएका कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा उनले स्वर्ण पहिरिइन् ।

नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण जितेकी उनले राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?