+
+

‘डेडपुल एण्ड वुल्भरिन’ ट्रेलर : एमसीयूमा देखिंदै अभिनेता रायन रेनोल्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १२:१५

काठमाडौं । डिज्नी स्टुडियोले वितरणको स्वामित्व लिएपछि ‘डेडपुल’ मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएको छ । ६ वर्षअघि फक्सले ‘एक्स मेन’ फिल्मको अन्त्य गरेपछि ‘डेडपुल’को यो पुनरागमन हो ।

सन् २०२४ को प्रतीक्षित हलिउड फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’को पहिलो ट्रेलर सोमबार सार्वजनिक भएको छ । अमेरिकामा आयोजना भएको सुपर बाउल समारोहमा यो ट्रेलर लन्च भएको हो ।

अभिनेता रायन रेनोल्ड मात्र हैन, यो फिल्मबाट ह्युज ज्याकम्यान पनि फर्किंदैछन् । ज्याकम्यानलाई सन् २०१७ को फिल्म ‘लोगन’मा फ्यानले अन्तिम पटक देखेका थिए । हलिउडमा चलेको कलाकारको हड्तालको कारण ‘डेडपुल ३’ को छायांकन चार महिना रोकिएको थियो । अब यो फिल्म जुलाई २६ (साउन ११ गते) प्रदर्शन हुने जनाइएको छ ।

सन् २०१८ मा रिलिज भएको ‘डेडपुल २’ ले उत्तर अमेरिकी बक्स अफिसमा १८.६ मिलियन डलर कमाउँदै कीर्तिमान रचेको थियो । त्यसको दुई वर्षअघि उत्तर अमेरिकामा यो फिल्मको पहिलो भागले १३२.४ मिलियनको डेब्यु गरेको थियो ।

‘डेडपुल ३’ निर्देशक सान लेभीले तेस्रो शृंखला ‘स्टार वार्स’ श्रृंखलालाई ट्रिब्युट हुने उल्लेख गरेका छन् । ‘डेडपुल’का अघिल्ला दुईवटै संस्करणले नेपालमा समेत सुखद कमाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?