+
+

अरिजित सिंहलाई उछिन्दै टेलर स्वीफ्ट बनिन् स्पोटीफाइमा दोस्रो धेरै पछ्याइने गायिका

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:०६

काठमाडौं । एक महिनाअघि मात्रै भारतीय गायक अरिजित सिंहले स्पोटीफाइमा तेस्रो सर्वाधिक पछ्याउने गायकको रुपमा टेलर स्वीफ्टलाई उछिनेका थिए । तर पछिल्लो समय सुपर बाउल र इरास टुरजस्ता विश्वचर्चित इभेन्टले गायिका टेलरको प्रसिद्धि उकालो लागिरहेको छ ।

यो क्रेजको मद्दतमा अमेरिकी गायिका स्वीफ्टले स्पोटीफाइमा धेरै पछ्याउने दौडको दोस्रो सूचीमा अरिजितलाई उछिनेकी छन् । दैनिक संगीतको तथ्यांक अपडेट गर्ने एजेन्सी चार्टमास्टर्सका अनुसार स्पोटीफाइको शीर्ष स्थानमा अहिले पनि बेलायती गायक एड सिरन छन् ।

शीर्ष स्थानमा रहेका सिरनलाई यतिबेला टेलर स्वीफ्टले पछ्याइरहेकी छन् । फेब्रुअरी ११ सम्म स्पोटीफाइमा टेलरलाई १० करोड १० लाख ८१ हजार २१८ जनाले पछ्याएका छन् । अरिजितलाई चाहिं १० करोड ८ लाख ८३ हजार २५ जनाले पछ्याएका छन् ।

शीर्षस्थानमा रहेका सिरनलाई चाहिं पछ्याउनेको संख्या ११ करोड ३४ लाख ४ हजार ४९६ जनाले पछ्याएका छन् । चौथो स्थानमा एरियाना ग्राण्डे छिन् । त्यसपछि क्रमशः बिल्ली एलिस, ड्रेक र एमिनेम छन् । केही समययता यो सूचीका लागि टेलर र अरिजितबीच एकखालको प्रतिस्पर्धाजस्तै थियो । फ्यानलाई खुसी बनाउन धेरै गीत सार्वजनिक गर्ने एकैखालको शैली अपनाउँदै आएका छन् ।

आगामी अप्रिल १९ मा स्वीफ्टले ‘द टर्चड पोइट्स डिपार्टमेन्ट’ नामक एल्बम रिलिज गर्दैछिन् । साथै, स्वीफ्टले ग्रामी अवार्डमा सर्वाधिक ‘एल्बम अफ द इयर’ जित्ने कीर्तिमान रचेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?