
२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा पूर अवधिभर खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेहरुलाई बधाई पत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।
त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र र १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र दिने निर्णय गरेको छ ।
१५ प्रतिशतभन्दा कम खट्नेलाई भने स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4