+
+

कुमारी बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:५८

काठमाडौं । कुमारी बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२८ माघ आइतबारका दिन काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।

साधारण सभाबाट सञ्चालकमा संस्थापक सेयरधनी समूहबाट अमिर प्रताप जबरा, विजयकुमार श्रेष्ठ (कर्मचारी सञ्चय कोषका प्रतिनिधि) र पशुपति मुरारका निर्वाचित भएका छन् ।

यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल एवम् राजाराम खड्का र  सर्वसाधारण सेयरधनी महिला समूहबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?