+
+

ग्लोबल आईएमई बैंकको विशेष अफर : १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याज दरमा घर कर्जा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १८:१५

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार १० वर्षसम्मका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने अफर सार्वजनिक गरेको हो ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी घर कर्जा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिहरूले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन् ।

यस योजनामा सेवाग्राहीले १० वर्षसम्मका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने बैंकले जनाएको छ । आवश्यक कागजात पेस गर्ने व्यक्तिलाई २ दिनभित्रमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

सीमित अवधिका लागि लागु हुने यस योजना अन्तर्गत देशैभरका ७७ वटै जिल्लामा रहेका यस बैंकका शाखाबाट यो सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?