+
+
Shares

सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एजेन्सीमाथि बोर्डको कारवाही, कारोबार रोक्का

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १९:३०

२९ माघ, काठमाडौं । बिज्ञापन बोर्डले सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एक एजेन्सीलाई कारवाही गर्दै कारोबार रोक्का राख्ने निर्णय गरेको छ ।

बोर्डले काठमाडौं अनामनगरस्थित कोकिल मिडियालाई १० हजार रुपैयाँ जरिबाना र २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग उक्त एजेन्सीले १२ असोज २०८० मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारण आदेश दिएको पाइएकोले जरिबाना गरिएको बोर्डले जनाएको छ ।

कोकिल मिडियाले केन्द्रसँग विज्ञापन प्रसारणवापत प्रतिस्पट १ सय ६ रुपैयाँ ६१ पैसामा सम्झौता गरी एफएम रेडियोमा प्रतिस्पट ११ रुपैयाँ ११ पैसामा प्रसारण आदेश दिई प्रतिस्पट ९८ रुपैयाँ ५० पैसा अर्थात् ९ सय ८६ दशमलव ५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारबाहीको निर्णय गरेको हो ।

त्यसैगरी कोकिल मिडियाले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० मा मात्र विज्ञापन प्रसारण आदेश दिएको पाइएकाले बोर्डको १९ माघमा बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ (ख) को उपनियम (१) बमोजिम २०८१ असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र त्यस अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको जनाएको छ ।

कोकिल मिडियाले विज्ञापन ऐन २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुबाट ५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा २० मा मात्र प्रसारण आदेश पठाइ ३२ मा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्यधिक ९ सय ८६ दशमलव ५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानबिन क्रममा पाइएपछि कारबाही गरिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले जानकारी दिए ।

सरकारी बिज्ञापन प्रसारणमा झण्डै ९० प्रतिशत चुहावट हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सरकारले यसै बर्षदेखि भुक्तानीका लागि मिडिया हाउसको बिलसमेत प्रमाणका रुपमा पेश गर्नुपर्ने नीति बनाएको छ ।

बोर्डले बिज्ञापनमा हुने ठगिमाथि पहिलोपटक कारवाही गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?