+
+

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १२:३७

१ फागुन, काठमाडौं । दोलखामा मध्यरातिमा घाइते भेटिएका एक जना युवकको मृत्यु भएको छ ।

सोमबार राति १ बजेको समयमा सख्त घाइते भेटिएका भीमेश्वर नगरपालिका-८ स्थित चरिकोट-काठमाडौं सडकखण्डमा गम्भीर अवस्थामा भेटिएका सोनाम तामाङको मृत्यु भएको हो ।

तामाङलाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लिएलको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दिपक खड्काले जानकारी दिए ।

उनका अनुसार मृतक तामाङको शरीका विभिन्न ठाउँमा चोट देखिएको छ । राति केही साथीहरू सँगै बसेको र त्यसक्रममा झगडा भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछका लागि सँगै बसेका चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । र, त्यसमा रगत लतपतिएको छ । त्यसैले दुर्घटना भएको हो या हत्या भएको हो भन्ने दुवै कोणबाट अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

सोनामको शव पोष्टमर्टमका लागि अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?