+
+

ओलीको टिप्पणी : त्रिवि उपकुलपतिमा मेरिटोक्रेसी पनि देखियो !

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १८:५९

२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा प्रश्न उठाएका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले योग्य जतिलाई छाँटेर उपकुलपतिको अल्पसूचीमा गठबन्धनका आसेपासेहरुलाई मात्र राखेको बताएका हुन् ।

‘प्रधानमन्त्रीजीले अस्ति नै २/४ पल्ट नै खोक्नुभयो, अब विश्वविद्यलयमा मेरोटोक्रेसी हुन्छ, दलीय आधारमा हुन्न’ उनले भने, ‘गठबन्धनका आसेपासे, अयोग्य साबित भइसकेका, ठाडै राजनीतिक दलको सेवा गरेर कुद्नेहरुको सर्टिङ गर्नुभएको छ ।’

प्रधानमन्त्रीले मेरिटोक्रेसीको कुरा गरिरहँदा नै आफूले भेटेर कसको नेतृत्वमा छनोट समिति बनाउन लागेको भनेर सोधेको उनले स्मरण गरे । उनले अगाडि भने, ‘उहाँको मेरोटोक्रेसी पहिला नै देखियो, गठबन्धनको हुनुपर्ने, अनुचित अपवित्र क्रियाकलाप गरेको प्रमाणित हुनुपर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?