+
+
WC Series
Won Nepal
211/4 (20)
VS
Nepal won by 124 runs
Samoa
87/7 (20)
Shares

सुहाङले चुनाव हारे इलामलाई घाटा : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १७:२७

५ वैशाख, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङले चुनाव हारे इलामलाई घाटा हुने बताएका छन् ।

इलामको मङ्गलबारे बजारमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले भने, ‘यहाँबाट चुनाव हार्ने हो भने सुहाङलाई होइन, इलामलाई घाटा पर्नेछ ।’

एमालेमा युवाको पंक्ति सामेल गर्नका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको ओलीले बताए । ओलीले भने, ‘सुहाङ योग्य उम्मेदवार हुन् । उनलाई सुवास नेम्वाङका छोराको रूपमा मात्र इलाम २ का मतदाताले हेर्ने छैनन् ।’

संविधानमा संघीयता एमालेकै जोडबलमा राखिएको बताउँदै ओलीले पहिचानवादीको लागि एमाले बलियो शक्ति भएको धारणा राखे । ‘किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको स्थान कसले दियो, एमालेले होइन, अनि अहिले एमालेलाई नै उडाउने ?’ ओलीले प्रश्न गरे ।

एमालेले सबै धर्म र संस्कृतिको सम्मान गर्ने भएकोले सुहाङलाई जिताउनुपर्ने उनले तर्क राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?