+
+

एमाले कैलाली अधिवेशन : आज पदाधिकारीका आकांक्षीले इच्छापत्र पेश गर्नुपर्ने

जनक विष्ट जनक विष्ट
२०८० फागुन ३ गते ९:२६

३ माघ, धनगढी । नेकपा एमाले कैलालीको अधिवेशनका लागि बिहीबार (आज) पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ । फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना हुने नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्ने समय दिइएको हो ।

एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतीमै नेतृत्व चयन गर्न सहमतिको प्रयासका लागि अधिवेशन अगावै आकांक्षीबाट इच्छापत्र पेश गर्ने समय दिइएको बताए । ‘पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहाना भएकाहरुले आज साँझसम्म पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छापत्र पेश गर्ने समय दिइएको छ,’ ठगुन्नाले अनलाइनखबरसँग भने, ‘भोलि र पर्सि आकांक्षीहरुबीच सहमतिको प्रयास गरिने छ ।’

एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा इच्छापत्र माग गरिएको जनाएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

अहिलेसम्म एमाले जिल्ला अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञ ढुंगाना र जिल्लाका सचिव डेजी पाण्डे आकांक्षी छन् । तर बिहीबार इच्छापत्र पेश गर्ने समय भएका कारण कति जनाले अध्यक्षमा दाबी गर्छन् भन्ने कुरा त्यसपछि मात्र थाहा हुने नेताहरु बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?