+
+

पोखरामा ११औं ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १६:३८

३ फागुन, पोखरा । पोखरामा ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । फेस्टिभलको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साहित्य र राजनीति दुवै समाज परिवर्तनको संवाहक भएको बताए ।

‘साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ, राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहयोग पुर्‍याउँछ’, पाण्डेले भने ।

लिटरेचर फेस्टिभल पोखराकै पहिचान भइसकेको र यसले पर्यटनमा सहयोग पुग्ने उनको विश्वास छ । ‘यहाँ हुने सेसनहरु बौद्धिक, राजनीतिक, प्राज्ञिक वक्ताका कारण नागरिकलाई आकर्षित गरिरहेको छ’ मुख्यमन्त्री पाण्डेले भने, ‘पोखरा अन्तर्राष्ट्रियस्तरमा झन् परिचित हुन सहयोग पुगेको छ ।’

फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले धेरै मिहिनेतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए । ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन् । ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो’, उनले भने ।

५ दिनसम्म चल्ने महोत्सव उद्घाटन सत्रमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिनेछन् । फेस्टिभलको पहिलो दिन कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनको वात्स्यायन एन्ड हिज बाब्र्स किताब विमोचन सहित कार्टुन प्रदर्शनी हुनेछ । त्यस्तै, सुजना श्रीषको ‘द गोर्खा’ चित्रकला प्रदर्शनी हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?