+
+

पूँजीगत खर्च बढाउन धेरै सुधारको आवश्यकता छ : डा. गोविन्द पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:५८

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले पूँजीगत खर्च गर्ने क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेका बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत तिन प्रतिवेदनमा माथि धारणा राख्दा पोखरेलले उक्त विषय उठाएका हुन् । योजना आयोगमा पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले अर्थमन्त्री गत सालको फागुण ३ गतेको तुलनामा यही मितिमा यो वर्ष पूँजीगत खर्च ३ अर्वले कम भएको तथ्यांक प्रस्तुत गरे ।

‘ऋण तथा बचत सहकारीको सुशासनको अवस्था नाजुक छ । यस क्षेत्रको समस्याले सर्वसाधारणको लगानी तथा बचत डुब्ने अवस्था छ,’ पोखरेलले भने, ‘कमर्सियल बैंकमा अहिले खराब ऋण ३ प्रतिशत छ । गत वर्ष ०.५ प्रतिशत थियो । २० मध्ये ८ वटा बैकले लाभांसा वितरण गर्न सकेका छैनन् ।’

आगामी निर्वाचनमा रुखमा मात्रै मत खसाल्न पाउने महामन्त्री गगन थापाको प्रस्तावले पार्टीमा उत्साह थपेको पोखरेलले बताए । महामन्त्री थापाले विधान संशोधन र १५ औ महाधिवेशनको तालिका कार्यान्वयन हुनुपर्ने पोखरेलको धारणा थियो ।

पोखरेलले पार्टी संरचनाको समितिहरु भद्धा भएकाले घटाउन आवश्यक रहेको बताए । जबरजस्ती धर्म परिवर्तन गरिने कार्यलाई सरकारले संविधानको अधिकार प्रयोग गरी रोक्नुपर्ने पोखरेलको मत छ । सासंद, मन्त्री र नेता भन्दा उद्यमी धेरै बनाउने बाटोमा जानुपर्ने पोखरेलले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?